Logo

१९ वर्षमुनीको एएफसी च्याम्पियनशिप छनाेटका लागि नेपाली टिमको घोषणा



१६ कात्तिक, काठमाडाैँ । १९ वर्षमुनीको एएफसी च्याम्पियनशिप छनाेटका लागि नेपाली टिमको घोषणा भएको छ । इरानमा यही नोभेम्बर ६ तारिखदेखि सुरु हुने प्रतियोगितामा नेपालको समूहमा घरेलु टोली इरानसहित किर्गिस्तान र यूएई पनि रहेका छन् । नेपाली टिमको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना रहेका छन् । यसैगरी डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन रहेका छन् ।

यसैगरी नेपाली टिमको मिडफिल्डरमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन रहेका छन् । फरवार्डमा मनिस डाँगी, राजिव लोप्चन, रेजिन सुब्वा र दीपेश आले मगर रहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार ११:४५
प्रतिक्रिया दिनुहोस्