१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भाइटीका महोत्सवमा तीस विदेशीको सहभागिता


१३ कात्तिक, पोखरा । पश्चिमाञ्चल होटल सङ्घले यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सङ्घले वर्षेनी उक्त महोत्सव गर्दै आएकामा यसवर्ष १३औँ संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल होटल संघ पोखराद्वारा पोखरामा आयोजित १३ औं संस्करणको भाइटीका महोत्सवमा सहभागी बन्दै विदेशी पर्यटक । तस्वीरः वासुदेव पौडेल

स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचारा अभिवृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।नेपाली परम्परानुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खाने खुवाउने कार्यक्रमलाई महोत्सवमा समेटिएको थियो । संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं भन्ने मूलनाराका साथ आयोजित सो महोत्सवमा पर्यटकले १५ अमेरिकी डलर तिरेर सहभागिता जनाएका थिए ।

महोत्सवको निरन्तरताका कारण पछिल्ला वर्ष पर्यटक दोहो¥याएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो । सो महोत्सव पर्यटकका लागि नयाँ कार्यक्रमसमेत बन्न थालेको सङ्घका महासचिव गणेशराज पहारीले बताउनुभयो । महोत्सवमा सहभागी जर्मन नागरिक थिलो जिम्नीले आफू यो महोत्सवमा दोस्रो पटक सहभागी भएको बताउँदै यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, काल्र्सवर्ग वियर र वटरफ्लाई फाउण्डेसन नेपालले सहयोग गरेको सो महोत्सवको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार १५:२८