१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अहिलेसम्मको ‘छ माया छपक्कै’को व्यवसाय कति ? यसाे भन्छन् निर्माता


६ कात्तिक, काठमाडाैँ । दसैँको अवसर पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गरिरहेकाे छ । प्रदर्शनको पहिलो साता झै फिल्मले दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीले बताए । गत शनिबार फिल्मले पहिलो साताझैँ देशभरका हलमा हाउसफलुको ब्यवसाय गरेकाे र अहिले पनि सबै चलचित्र भवनमा दर्शककाे उपस्थिति  राम्रो भएकाले फिल्मले अझै केही साता राम्रो व्यवसाय गर्ने अधिकारीले बताए ।

२४ र २५ असोजमै तीन करोडको व्यवसाय गरेकाे फिल्मले अहिलेसम्म दश करोडको व्यवसाय गरेको निर्माता अधिकारीले दाबी गरे । पूरै डाटा आउन बाँकी भएकाले केही थपघट हुनसक्ने पनि अधिकारीले बताए । राजनैतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका छन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मूभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ११:१४