१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कांग्रेस नेता आलमले पोलिग्राफ टेस्ट दिन मानेनन्, घटनामा प्रयोग भएको ट्याक्टर पनि भेटियो


५ कात्तिक, काठमाडाैँ । इटा भट्टामा जिउँदै मान्छे जलाउने नेपाली कांग्रेसका नेता एवं रौतहट क्षेत्र नम्बर-२ का सासंद मोहमद अफताब आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट दिन अस्वीकार गरेका छन । अपराध पुष्टि हुने भएपछि उनले पोलिग्राफ टेस्ट दिन अस्वीकार गरेका हुन । उनी राैतहटको राजपुर बमकाण्डको आरोपमा १२ वर्षपछि केही दिनअघिमात्र पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनाको अनुसन्धानका क्रममा अफताब आलमको पोलिग्राफ टेस्ट गर्नैपर्ने छ । अनुसन्धान र सोधपुछका क्रममा आरोपित व्यक्तिले झूट बोले-नबोलेको पत्ता लगाउन पोलिग्राफ टेस्ट गर्ने गरिन्छ । पोलिग्राफ टेस्टका क्रममा बयान दिइरहेको व्यक्तिको शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । राैतहटका डीएसपी नविन कार्कीले आलमले पोलिग्राफ टेस्ट गर्न नमानेको बताउँदै जसरी भएपनि पोलिग्राफ टेस्ट गरिने बताए ।

यसैबीच प्रहरीले विष्फोटमा मारिएका र घाइते भएकाहरुलाई इँटा भट्टासम्म ओसार्न प्रयोग गरिएको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । शव तथा घाइते ओसार्न प्रयोग भएको ना १ त ६४७२ नम्बरको ट्रयाक्टर सोमबार प्रहरीले बरामद गरेको छ । ना १ त ६४७२ नम्बरको ट्रयाक्टर घटनाको प्रमाण मेटाउने योजना अन्तर्गत नै अफताबका भाइ महताब आलमले २०६७ असार २३ गते अर्कालाई बेचेका भेटिएकाे छ । २०५७ जेठ २४ गते महताबकै नाउँमा खरिद भएको त्याे ट्रयाक्टरमा बम विष्फोटमा परेकाहरुलाई हालेर इँटा भट्टामा लगिएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलवार २०:१८