१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गायक दुर्गेश थापाविरुद्ध उजुरी


४ कात्तिक, काठमाडौँ । गायक दुर्गेश थापाविरुद्ध उजुरी परेकाे छ । तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् । उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार समेत गरेको छ ।

‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार १८:५४