१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वास्थ्य सचिव डा.पुष्पा चौधरीद्वारा राजीनामा


४ कात्तिक, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिएकी छिन् । सरकारले आइतबार चौधरीको राजीनामा स्वीकृत गरेकाे स्वास्थ्य मन्त्रालायले जनाएकाे छ । विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा.चौधरीले राजीनामा दिएकी हुन् । गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध डा. चौधरी अदालतमा गएकी थिइन् ।

डा. चौधरीले सोही कारण यसअघि नै उनले पद छाड्न चाहेपनि उनको राजीनामा राेकिएकाे थियो । चौधरीले राजीनामाबारे पटकपटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनकोराजीनामा स्वीकृतिमा अवरोध भइरहेको थियो । चौधरीले पछिल्लोपटक सरकारविरुद्ध हालेको मुद्दा फिर्ता लिएपछिमात्रै राजीनामा स्वीकृत हुने वातावरण बनेको हो । डा. चौधरी अदालत गएर सरकारको निर्णय उल्टिएपछि नै स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार १३:२१