१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाम गठबन्धनको सरकारले देशकै मुहार फेर्ने नीति तथा योजना ल्याउँछः प्रचण्ड


१३ वैशाख, रौतहट । पूुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताएका छन् ।


रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुुडिबेलास्थित स्मार्ट सिटी अन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले उक्त विचार राखेका हुन् ।

देशमा अबको यात्रा सुुशासन, स्थिरता र समृद्धिको रहेको उहाँले स्पष्ट पार्नुुभएको छ । अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुुुपर्ने समय आएको बताए ।

देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्याङ्कन गर्दै तत्कालीन शहरी विकास मन्त्री प्रभुु साहका पालामा देशको १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूुचीमा परेको उनले जानकारी दिए ।

चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफुूले निर्देशन दिएको प्रचण्डले स्पष्ट पारे ।

 

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १४:०८