१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सिस्नेखोला-नागढुंगा सुरुङमार्गको शिलान्यास आज, सडकको विकास सुरूङ युगमा प्रवेश


४ कात्तिक, काठमाडाैँ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री कपी शर्मा अोलीले आज सोमबार (कार्तिक ४ गते) गर्दैछन । सुरुङमार्ग शिलान्यासको तयारी पूरा भएको काठमाडाैँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठले बताएका छन । उनले तयारीको काम  पूरा भएको भन्दै शिलान्या आज दिउँसो ३ बजे हुने बताए । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीसँग ठेक्का सम्झौता गरिसकेको छ ।

काम थालेको साँढे ३ वर्ष अर्थात् ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत १५ अर्ब २५ करोड लाग्ने अनुमान गरिएको छ । करबाहेक साढे १३ अर्बमा आयोजना ठेक्का सम्झाैता भैसकेको छ । सडक विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबिसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै घन्टाैँ जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ०७:२७