१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जिग्री-पाँडेविरुद्ध प्रहरीमा उजुरी


३ असोज, काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । सक्किगोनीकाे टिमले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भन्दै  मिडिया हबले कपिराइटको उजुरी हालेकाे प्रहरीले जनाएकाे ।

आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको मिडिया हबका प्रमुख सोमप्रसाद धितालले बताएका छन् । पुरानो टिमले छोडेपछि भद्रगोलको लोकप्रियता ह्वात्तै घटेको छ ।

यता सक्किगोनीले भने चाँडै लोकप्रियता कायम गरेको छ । सक्किगोनिका निर्देशक समेत रहेका अर्जुन घिमिरे पाँडेले भद्रगोलका सबै क्यारेक्टर मिडियाहबले नभएर आफूहरुले जन्माएको बताएका छन् । उजुरीमा मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार १४:०७