१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेकपाका नेता एवं पूर्वमन्त्री त्रिलोचन ढकाल २३ वर्षदेखिको बाँझो बारीमा आफैँ हली बनेर पसे (फोटोफिचर)


१ कात्तिक, काठमाडौँ । नेकपाका नेता एवं पूर्वमन्त्री त्रिलोचन ढकाल कृषि पेशामा फर्किएका छन । २३ वर्षदेखिको बाँझोबारीमा आफैँ हली बनेर पसेका छन । ७० वर्षको उमेरमा ढकाल बाँझो बारी खनाजोतमा लागेका हुन । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ६ फापरथुम स्थायी घर भएका ढकाल २०५१ सालमा प्रतिनिधिसभामा विजयी भएका थिए । उनी २०५५ सालमा कृषिमन्त्री समेत भएका थिए । २२ वटा विभिन्न कृति समेत प्रकाशित गरेका ढकाल पछिल्लो समय राजनीतिमा पछिपारिएका थिए ।

अहिले उनी पुन कृषि पेशा फर्किएका छन । नेकपा भित्रको गुटको राजनीतिको शिकार भएका ढकालले ढिलै भए पनि नयाँ पुस्ताका लागि सकारात्मक सन्देश दिएका छन । उनले कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणका लागि केही नमुना प्रस्तुत गरिदिने हो भने नयाँ पुस्ताका लागि त्यो अनुकरणीय हुने निश्चत नै छ । तस्बीरहरूः ढकालको फेसबुकबाट

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ०९:१५