१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मृगौला बिक्री गरेकाे अभियाेगमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ


२९ असोज, काठमाडौँ । मृगौला बिक्री गरेकाे अभियाेगमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ परेका छन् । एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको हाे ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूसँग थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १६:५९