१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटमा बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु, स्थिति तनाबग्रस्त (भिडियाेसहित)


२९ असोज, नुवाकोट । नुवाकोटको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बसकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । त्रिशुलीबाट काठमाडौँ गइरहेको बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातको बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको हो । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ ।


बसकाे ठक्करबाट बालकको मृत्यु भएपछि बट्टार बजार तनाबग्रस्त बनेको छ। स्थानीयले बस तोडफोड गरेका छन् । मृतक बालक तारकेश्वर गाउँपालिका–५ भन्ज्याङथोकको रहेको बताइएको छ । बालकको मृत्युपछि बट्टार बजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।

भिडियाेः श्रीराम नेपालकाे फेसबुकबाट

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार १४:४५