१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

तस्बीरमा हेर्नुहोस्, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पहिलो दिन


२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुइ दिनको राजकीय भ्रमणको लागि शनिबार काठमाडाैँ अाइपुगेका छन । सीले शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्धिपक्षीय छलफल समेत गरेका छन । सीले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको राजकीय भोज अघि विशिष्ठ व्यक्तिहरूलाइ सम्बोधन समेत गरेका छन । उनले शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेट गरेका छन । राजकीय भोजअघि उनले  हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा समेत गरेका छन । सीको नेपाल भ्रमणको पहिलो दिन तस्बीरमा प्रस्तुत गरेका छाैँ । तस्बीरहरूः प्रदिवराज वन्त र रोशन सापकोटा/रासस

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार २२:५२