१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाल प्रहरीलाई प्रधानमन्त्री ओलीको आग्रह ‘अपराधिको ओहदा र पार्टी नहेर्नुस्’


२४ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले विकृति र अपराध नियन्त्रणका लागि ओहदा कुन पार्टीको भन्ने हेर्न नहुने बताएका छन । ६४ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपय अवस्थामा प्रहरी अलमलिएको जस्तो भएको भन्दै कानुन कार्यान्वयनमा आफ्नो र आर्को गर्न नहुने बताए ।

उनले कृष्णबहादुर महरा प्रकरणप्रति लक्षित गर्दै अपराध गर्ने मान्छे कुन पदको हो वा कुन हैसियतको हो भन्ने नहेरी कानुन कार्यान्वयनमा प्रतिवद्ध हुनुपर्ने बताए । उनले सरकारको तर्फबाट प्रहरीमाथि कुनै दबाब नदिने पनि बताए । प्रधानमन्त्री ओलीले कुन पार्टीको सरकार छ र कुन पार्टीका कार्याकर्ता हुन भनेर अपराधको अनुसन्धानमा अलमलिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्रीले प्रहरीलाइ स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने भन्दै अपराधलाइ राजनीतिकरण र राजनीतिलाइ अपराधिकरण गर्ने काम रोकिनुपर्ने बताए । उनले सत्य लुकाउन प्रहरीलाइ व्यवधान गर्ने काम अनुचित रहेको भन्दै प्रहरीले निष्पक्ष ढंगले काम गर्न पाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा प्रयोग भैरहेका चुस्तो भाषाको विषयमा चिन्ता व्यक्त गर्दै प्रहरीको चुनौतिसँग जोडे ।

उनले सामाजिक सञ्जालमा प्रयोग हुने भाषाहरूप्रति गम्भीर चासो राख्दै यसको नियन्त्रण गर्नु पनि प्रहरीको दायित्व भएको बताए ।उनले प्रहरीप्रति नागरिकको ठूलो भरोसा रहेको भन्दै कर्तव्य पालनामा नचुक्न अनुरोध गरे । प्रधानमन्त्रीले प्रहरीले विगतदेखि शान्ति सुरक्षाको स्थापनाका लागि गरेको कामको मुक्तकण्ठले प्रशंशा पनि गरे ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार १०:१७