१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाँच देशको टी-२० श्रृंखलामा नेपालको सुखद सुरुवात, पहिलो खेलामा हङकङ ४ विकेटले पराजित


१९ असोज, काठमाडाैँ । पाँच देशको टी-२० श्रृंखलामा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले हङकङलाई चार विकेटले हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको हो । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङले दिएको १२६ रनको लक्ष्य १९ ओभर खेल्दै ६ विकेटको क्षतिमा भेट्टायो । खेलमा ओपनरका रुपमा प्रवेश गरेका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए ।

त्यस्तै रोहित कुमार पौडेल, पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए । रोहितले ६ बलमा ५ रन, पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन बनाएका थिए । ३६ रनको स्कोरमा ४ महत्वपूर्ण विकेट गुमाइसकेको नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले उद्दार गरे । उनले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए । सोमपालले १३ बलमा १३ रन बनाए । नेपाल जितनजिक पुगेका बेला सोमपाल पनि आउट भए । त्यतिबेला नेपाललाई जितका लागि १२ रनमा ११ रन आवश्यक थियो । विनोदले १८ औं ओभरको पाँचौं बलमा छक्का हान्दै आफ्नो अर्धशतक पुरा गरे भने छैटौं बलमा २ रन लिँदै नेपाललाई जिताए ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आईतवार २०:१४