१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यति एयरलाइन्सले पाँच घण्टादेखि यात्रुलाई विमानस्थलमै कुराएपछि तनाव (भिडियोसहित)


१८ असोज, काठमाडौँ । यति एयरलाइन्सले यात्रुलाई सास्ती दिएको छ । दशैँ मान्न घर जान लगेका यात्रुलाई बोर्डिङ गराएको पाँच घण्टासम्म नउडाएपछि यात्रुहरू विचल्लिमा परेका छन । दशैँ मान्न घर फर्कन लागेका धेरै यात्रु अहिले त्रिभुवन विमानस्थलमै तनावग्रस्त अवस्थामा बसेका छन । बिहान १० बजे उडाउनु पर्ने फ्लाइट समेत यतिले उडाउन नसेको भद्रपुर जान लागेका यात्रु टी घिमिरे ले दैनिकीलाई जानकारी दिए । यतिको व्यवस्थापकीय कमजोरीका कारण यात्रुहरू मारमा परेका छन ।

लामो समयदेखि प्लेन कुर्दा पनि उड्न नपाएपछि विमानस्थलमा होहल्ला सुरू भएको छ । यात्रुहरूले यतिका कर्मचारीलाई छिटो उडाउने व्यवस्था गर्न माग गरेका छन । यतिले विराटनगर र भद्रपुरको उडानमा बढी नै हेलचक्राइँ गरेको घिमिरेले बताए । विमानको संख्या कम भएपछि सोही अनुसार टिकट काट्नु पर्नेमा क्षमता भन्दा झण्डै दोब्बर उडानका लागि टिकट काटिएको यतिकै कर्मचारी बताउँछन । विमानस्थलमा तनाव सर्जना भैरहेको भिडियो तल हेर्न सक्नुहुन्छ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १५:४३