१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दशैँ विदामा पनि नेपाल मेडिसिटीमा स्वास्थ्य उपचार सुचारु हुने


१६ असाेज, काठमाडाैँ । नेपालीहरुको महान चाड विजय दशमीको समयमा पनि नेपाल मेडिसिटी अस्पतालले अनफे स्वास्थ्य सेवालाई सुचारु राख्ने भएको छ । पुरै देश चाडबाडको उल्लासमा खुशी मनाईरहेको अवस्थामा कसैलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको खण्डमा नेपाल मेडिसिटी अस्पताल २४ सै घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ । विशेषगरी अस्पतालको आकस्मिक सेवा, क्रिटिकल केयर, शल्यक्रिया, डाईग्नोष्टिक सेवाहरु २४ सै घण्टा खुल्ला रहने दिउसोर ओपिडि सेवा पनि सुचारु रहने भएकोले विरामीहरुलाई विदाको समयमा पनि सहज उपचार सेवा प्राप्त हुने अस्पतालले जनाएको छ ।

 

विदाको समयमा विशेषगरी विरामीहरुको स्वास्थ्य आवश्यकतालाई मनन् गर्दै आकस्मिक उपचार सेवामा पर्याप्त चिकित्सकहरुको ब्यवस्था गरिएको इमरर्जेन्सी विभागका प्रमुख डा. संजय कार्कीले बताउनु भयो ।चाडबाडको बेलामा प्रि हस्पिटल केयर अन्तगर्त एम्बलेन्स र देशका कुनै पनि स्थानहरुबाट हेली एम्बुलेन्स सेवाको आवश्यकता परेमा पनि आफूहरु तयारी अवस्थामा रहेको उहांले जानकारी गराउनु भयो ।

नेपालको उत्कृष्ट क्रिटिकल केयर सेवा प्रदान गरिरहेको यस अस्पतालले विरामीहरुको रोगको सघनतालाई हृदयंगम गर्दै आईसियु, सिसियु र एनआईसियु सेवालाई पनि चुस्तदुरुस्त राखिए क्रिटिकल केयर विभागकाडा. दिप्तेश अर्यालले बताउनु भयो । त्यसैगरी अस्पतालले सबैप्रकारको शल्यक्रियाका लागि पनि शल्यचिकित्सकहरुलाई चाडबाडको समयमा आकस्मिक रुपमा गर्नुपर्ने शल्यक्रियाका लागि पनि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुको ब्यवस्था गरेकोले ढुक्क संग नेपालीहरुको महान चाड मनाउन तथा कुनै प्रकारको स्वास्थ्य सेवाको आवश्य परेमा नेपाल मेडिसिटीको हटलाईन ११३४ मा सम्पर्क गर्न समेत जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार १५:१०