१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पर्यटनमन्त्रीको आफन्त मोहः भ्रमण वर्षको सचिवालयमा भान्जा, संयोजक वैद्यलाई हटाउने तयारी


-पवित्रा मुडभरी 

१० असोज, काठमाडौँ । संस्कृिति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा भान्जोलाई विज्ञ बनाएर राखेपछि गडबडी सुरू भएको छ । मन्त्री भट्टराईले भान्जा विश्वम्भर घिमिरेलाई क्यानडाबाट बोलाएर भ्रमण वर्षको सचिवालयमा विज्ञ बनाएर जागिर दिएका थिए । त्यस्तै मन्त्री भट्टराईले गृह जिल्ला ताप्लेजुङका गाउँले नातामा भाइ पर्ने पिताम्बर सिग्देललाई पनि भ्रमण वर्षको सचिवालयमा विज्ञ बनाएर जागिर दिएका छन । भान्जो र भाइहरूप्रतिको मोह बढी नै भएका मन्त्री भट्टराइले यस्ता गतिबिधि लुकाउन पार्टी एकीकरण भैसकेको अवस्थामा समेत सचिवालयमा राखेका एक जनालाई पूर्व माअोवादीका फलानोलाई सचिवालयमा राखे भन्दै प्रचार गराएका थिए ।

हुने बिरूवाको चिल्लो पात भने झैँ नेपाल भ्रमण वर्षको सचिवालयमा दुई जना आफन्तलाई जागिर खुवाइसकेका मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको सचिवालय भत्काउने उद्देश्यले बच्चुनारायण श्रेष्ठलाई पर्यटन बोर्डबाट एक लाखबाढी तलब खुवाउने गरी कन्सलट्यान्टको नियुक्ति दिएका छन । नेपाल भ्रमण वर्षको कार्यबिधि नै परिवर्तन गरेर संयोजक सुरज वैद्यलाई हटाउने वातावरण तयार पारी सबै आफू अनुकुलका भाइभान्जाको नियुक्तिमा मन्त्रीको कदम अघि बढेको देखिएको छ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको पालामा भ्रमण वर्षको सचिवालयमा स्वयंसेवी योगदान गर्ने मान्छे राख्नुपर्ने भन्दै सुरू भएको अभियान अहिले नयाँ मन्त्रीका आफन्तको जागिर खाने ठाउँ बन्न पुगेको छ ।

केही दिनअघि क्यानडाबाट फर्किएका मन्त्री भट्टराईले कार्यबिधि परिवर्तन गरेर सुरज वैद्यलाई हटाउन खोजे पनि कार्यबिधि मन्त्रिपरिषद् लगेर संशोधन गर्नुपर्ने बाध्यता भएकाले उनले तत्कालका लागि पर्यटन बोर्डबाटै तलब खुवाउने गरी बच्चुनारायण श्रेष्ठलाई नियुक्ति दिएका हुन । बच्चुको नियुक्तिमा सचिवालयका कर्मचारी खुशी देखिए पनि भान्जो घिमिरे र गाउँले भाइ सिग्देलको नियुक्तिमा उनीहरू समेत असन्तुष्ट छन । निजी क्षेत्रको उत्साहपूर्ण संलग्नतामा मात्र सफल पार्न सकिने भ्रमण वर्षको सचिवालयमा मन्त्रीले संयोजक वैद्यलाई नै हटाउने गरी काम अघि बढाए पछि खैलाबैला मच्चिएको छ ।

भ्रमण वर्षको सदस्य सचिव रहेकी नन्दीनी थापालाई पुनः काममा फर्काउनेगरी छलफल चलिरहेको समयमा पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले मन्त्री खुशी बनाउनका निम्ति बच्चुको नियुक्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एक उच्च कर्मचारीले जानकारी दिए । सीधै भ्रमण वर्षको सचिवालयमा श्रेष्ठलाई कार्यकारी पद दिलाउने मन्त्रीको चाहना भए पनि बोर्डबाट तलब खुवाउँदै सुरजलाई हटाउने वातावरण सिर्जना गर्ने बाटो उनै जोशीले देखाएका हुन ।

वैद्यको विकल्पमा बच्चुनारायण !

पर्यटनमन्त्रीले वैद्यको विकल्पमा बच्चुनारायणलाई स्थापित गर्न खोजेपछि सचिवालयका अन्य सदस्य समेत सशंकित बनेका छन । बच्चुनारायण मन्त्री भट्टराई जस्तै गुटका लागि बफादार व्यक्ति हुन । श्रेष्ठ तिनै व्यक्ति हुन जो तत्कालीन एमाले निकटको राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा खोजेको पद नपाएका समूहले गठन गरेको पर्यटन व्यवसायी संगठन नेपालमा २७ दिन अध्यक्ष भएर पछि उपाध्यक्षमा घटुवा भएका थिए । सामूदायिक रेडियो प्रसारक संघको प्रदेश नम्बर १ को अध्यक्ष समेत रहेका छन । श्रेष्ठ पनि घिमिरे र सिग्देल जस्तै पर्यटनलाई भन्दा अरू नै चिजलाई प्राथमिकतामा राखेर काम गरिरहेका व्यक्ति हुन । उनी परियोजनाहरू सृर्जना गरेर राम्रो नाफा निकाल्न सक्ने व्यक्तिको रूपमा चर्चित समेत छन ।

यो पनि पढ्नुहोस्

-भिजिट नेपाल २०२० को सचिवालयमा मन्त्रीका आफन्त विज्ञ, बच्चुनारायण ल्याउन यस्तो छ चलखेल

-नेपाल भ्रमण वर्ष २०२० थोत्राे ट्रकमा घुचेटेर कहिले पुग्ने गन्तव्यमा ? (भिडियोसहित)

-भ्रमण वर्षको तयारीः पर्यटनमन्त्रीले सोल्टी होटलबाट फेसबुक पेज र वेबसाइटको उद्घाटन

-पर्यटन बोर्डको बजेट तयार, नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता छन कार्यक्रम

-नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटनमन्त्री भट्टराईलाई नाट्टाको ७ बुँदे सुझाव

-नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक

-नेपाल भ्रमण वर्ष सफल बनाउन देशभरका धामी झाँक्रीलाई काठमाडौँमा जम्मा गरिने

-नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन बेलायतले सहयोग गर्ने (दुई देशको संयुक्त विज्ञप्तिसहित)

-नेपाल पर्यटनको उत्कृष्ट गन्तव्यः प्रधानमन्त्री ओली

-भ्रमण वर्षमा अन्तर्राष्ट्रिय मिडिया समिट गर्छाैँः मन्त्री बाँस्कोटा

-पर्यटनका निम्ति ऐतिहासिक वर्ष ‘सन् २०१८’

-सुरजको आफ्नै सुर, भ्रमण वर्ष संयोजकको परिचयात्मक कार्यक्रम नै रद्द गरेर हिँडे विदेश

-काभ्रेमा विमानस्थल बनाउन छाडेर नेपाल भ्रमण वर्षमा ध्यान दिन मन्त्री भट्टराईलाई सांसदकाे सुझाव

-नेपाल भ्रमण वर्ष सफल पार्न विश्वभरका बुद्धिष्टको ध्यान नेपालमा केन्द्रीत गर्न चाहन्छाैँः अध्यक्ष पाण्डे

-गाडी व्यापारी सुरज वैद्य नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा तीन वर्षका लागि नियुक्त

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार १५:०९