१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न, कसले पाए कुन अवार्ड ?


१० असोज, काठमाडौँ । सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६७ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै विहिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो । पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो ।

त्यस्तै, अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पुर्याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने पत्रकारहरू तुलसी गिरी ‘भावुक’, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनीष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लाग्नु भएका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए । अवार्ड चुम्न सफल हुनेहरुमा
सर्वोत्कृष्ट राष्ट्रिय भावः रमेश दाहाल – जननी जन्म भुमि, सर्वोत्कृष्ट राष्ट्रिय भाव जुरीः सुमन राई – मेरो देश नेपाल र सर्वोत्कृष्ट चलचित्र गीतकारः वि पाण्डे – बनकी चरी (प्रसाद) रहेका छन् ।

क–कस्ले पाए अवार्ड
आधुनिक तर्फः उत्कृष्ट गायक : शिशिर योगी, उत्कृष्ट गायिका : निशा देशार, जुरी अवार्ड गायक : चिरञ्जीवी भण्डारी, जुरी अवार्ड गायक : रीता केस, पब्लिक च्वाइस अवार्ड : छुनु गुरुङ, उत्कृष्ट गीतकार पुरुष : डा. डीआर उपाध्याय, उत्कृष्ट महिला गीतकार : तारा अधिकारी, डायस्पोरा उत्कृष्ट गीतकार : बेल्जियमकी अशोदा थापा,  र महिला गीतकार पब्लिक च्वाइस अवार्ड : प्रतिमा गुरुङ, उत्कृष्ट संगीतकार : सन्तोष श्रेष्ठ, संगीतकारको जुरी अवार्ड : सरोज प्याकुरेल युगल गायन अवार्डः रवि थापा र अन्जु पन्त नव गीतकार अवार्ड : नारद आचार्य,  नव गायक : उत्सव कान्त मैनाली, नव गायक इन्करेजमेन्ट : सञ्जय उपमन्यु पाण्डे, नव गायिका : विना भट्टराई, आधुनिक गीत ऐरेन्जर : देवेन्द्र नेवा,आधुनिक पप गीत अवार्ड : ‘जवानीको रसरंग’ ।

पप गीत तर्फः उत्कृष्ट पप गायक : सचिन रौनियार, उत्कृष्ट पप गयिका : सिर्जना खत्री, उत्कृष्ट गीतकार : केशव वैरागी
पपसंगीतको अवार्ड : राजकुमार बगर, पप नवगीतकार : बिल पुर्जा मगर, पप नवगीतकार जुरी अवार्ड : साधुराम गुरुङ
पप नवगायिका इन्करेजमेन्ट : सरिता भारती, पप नवगायिकाको : नम्रता तामाङ, पप युगल गायन : रवि ओड र प्रविशा अधिकारी ।

राष्ट्रिय भावको गीतः उत्कृष्ट राष्ट्रिय भावको गीत अवार्ड : रमेश दाहाल, राष्ट्रिय भावको गीतको जुरी अवार्ड : सुमन राई

चलचित्र तर्फः  उत्कृष्ट गीतकारको अवार्ड : बी पाण्डे,उत्कृष्ट संगीतकार : सुवास भुषाल, चलचित्र गायकको अवार्ड : डेभिड शंकर, चलचित्र गायिका अवार्ड : बिन्दु परियार यस्तै, लोक लोकदोहोरी तर्फः उत्कृष्ट भाका : ‘सालको पात’बाट वसन्त थापा, लोकदोहोरी गायक : नेत्र भण्डारी, लोकदोहोरी गायिका : रमिला न्यौपाने, लोकदोहोरी शब्द : शिव हमाल,
शब्दतर्फ जुरी अवार्ड : सामना शाह, पब्लिक च्वाइसः सवित्रा चिलवाल, नव गायक अवार्ड : रञ्जित परियार, नव गायक पब्लिक च्वाईस : वसन्त विक, लोकदोहोरी नव गायिका : अमृता लामिछाने, नव गायिका पब्लिक च्वाइसः सुमन थापा मगर, नवगायिका जुरी अवार्ड : रितु तामाङले पाएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार १६:३०