१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बलिउडका चर्चित अभिनेता सलमान खानलाई मार्ने धम्की


८ असाेज, एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानलाई अाएकाे छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानकोफाेटाेमा रातो क्रस लगाएर मार्ने धम्की दिएका हुन् । सलमान खानलाई यसअघि अपराधी नाइके लरेन्स बिश्नोईले पनि ज्यान मार्ने धम्की दिएका थिए । धम्कीका कारण खानलाई पञ्जावको अदालतमा र बाटोमा पनि सुरक्षा दिइएको थियो।

कांकाणी शिकारको अाराेपमा सीजेएम ग्रामिण अदालतले खानलाई पाचँ वर्षको जेल सजाय सुनाएपछि उनले अपिल गरेका थिए । आगामी डिसेम्बर २७ मा सलमान खानलाई जिल्ला जोधपुर न्यायालयमा पेश हुनुपर्ने समय दिइएको छ । सोही अपिलमा आगामी सेप्टेम्बर २७ मा सुनुवाई हुन लागेको हो ।

कांकाणी शिकारको मुद्दापछि सलमान खानलाई यसअघि पनि ज्यान मार्ने धम्की धेरैपटक आएको थियाे । सलमान खानलाई मार्ने धम्की दिने पञ्जाब विश्वविद्यालयका युवकले फेसबुकमा लेखेका छन् ,‘सलमान खान तिमी भारतको कानुनबाट त बच्लाउ तर बिश्नोई समाज र सोपु पार्टीको कानुनले तिमीलाई सजाय सुनाइसकेको छ । सोपूको अदालतमा तिमी दोषी छौ सलमान ।’

धम्कीको खबर फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार १६:२९