१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जागरणमा कार्यकर्ता नभेटेपछि कांग्रेसले विद्यालयनै बन्द गरी पोशाकका विद्यार्थीलाई झण्डा बोकायो


८ असोज, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता बालकृष्ण खाँडको स्वागतको नाममा विद्यालय पोशाकमा रहेका विद्यर्थीको दुरूपयोग गरेको छ । कांग्रेसको जागरण कार्यक्रमको अन्तमि दिन चितवनको सभामा सम्बोधन गर्न गएका नेता खाँडको भाषण सुन्न कार्यकर्ता नआएपछि एउटा विद्यालय नै बन्द गराएर पोशाकमै विद्यार्थीलाइ झण्डा बोकाएर सडकमा निकालिएको छ ।

विद्यालयको पोशाकमा रहेका विद्यार्थीले कांग्रेसको झण्डा बोक्दै नाराबाजी गरिरहेको दुइ तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ । सत्तामा हुँदा चरम दुरूपयोग गर्ने कांग्रेसले सत्ताबाहिर हुँदा पनि शक्तिको दुरूपयोग गरिरहेको छ । विद्याल शान्ति क्षेत्र हुन भन्ने विर्सएको कांग्रेसले मंगलबार विद्यालय पोशाकमै रहेका विद्यार्थीलाइ झण्डा बोकाएकत्र भन्दै चर्को आलोचना भएको छ ।

चितवनको कांग्रेसले प्रेरणा विद्यालयका विद्यार्थीलाई पार्टीको झण्डा बोकाएर सडकमा उतारेको हो । जागरण अभियान अन्तर्गत मंगलबार नारायणगढ पुलचोकमा भएको सभामा नेताको भाषण सुन्न कार्यकर्ता नै नआएपछि विद्यार्थी सडकमा निकालिएको कांग्रेस चितवनका एक नेताले बताए । उनले भने ‘मास अलिअलि पनि नदेखाए आफ्नो पार्टी भित्रको पद जोगाउन पनि मुस्किल हुन्छ त्यही भएर विद्यार्थीलाइ पोशाकमै भएपनि सडकमा उतार्यौँ ।’

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ०८:५३