१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेमकिपाकाे ७ औँ महाधिवेशनमा बालबालिकाकाे प्रयाेग (फाेटाेफिचर)


३ असाेज, भक्तपुर । नेपाल मजदुर किसान पार्टीकाे ७ औँ महाधिवेशनकाे उद्घाटन सत्रकाे र्यालीमा भक्तपुर जिल्लामा अध्ययनरत बालबालिकाहरुलाई विद्यालयकाे गाडी सहित विद्यालयकाे पाेशाकमा पार्टीकाे झण्डा, क्याप, टिसर्ट लगाएर नारा बाजि लगाउँदै सडकमा उतारेका थिए ।

बालबालिकाहरुलाई कुनै पनि राजनीतिक दलकाे कार्यक्रमहरुमा प्रयाेग गर्न नहुने, बिद्यालय र बालबालिका शान्ति क्षेत्र हुन भनेर सम्पुर्ण राजनीति दलहरुले प्रतिबद्ध जनाएका थिए । तर पनि नेमकिपाले राजनितिक दलकाे आचार संहिता, नेपालकाे संविधानमा उल्लेख भएकाे बालबालिका सम्बन्धि हक, र बालबालिका सम्बन्धि ऐन – २०७५ काे भावनालाई परिपालन नगरि बालबालिकाहरुकाे चरम दुरुप्रयाेग गरि भविष्यका कर्णाधार वर्तमानका साझेदार मानिने अबाेध बालबालिकाहरुलाई प्रयाेग गरिएकाे विषयमा भक्तपुरका बालअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार १९:०३