१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मनाङ मर्स्याङ्दी माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश


१० वैशाख, इलाम । इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लब प्रवेश गरेको छ ।

आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङ मस्यायाङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

मनाङले पहिलो मध्याह्नमा गरेको गोल नै निर्णायक बन्यो । ३७ औँ मिनेटमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै मनाङले अग्रता लिएको थियो । हेमन गुरुङको फ्रि किकलाई नाइजेरियन खेलाडी काचीले हेडमार्फत सानदार गोल गरेका थिए । दुवै टिमले थुप्रै अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए ।

मनाङले अब बुधबार हुने त्रिभुवन आर्मी क्लब र सिक्किम युनाइडेटबीचको तेस्रो क्वाटरफाइनलको विजेतासँग शुक्रबार प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १० बैशाख २०७५, सोमबार २०:१३