१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

गृहमन्त्री बादलका भाइ नरेश थापा १ लाख धरौटीमा रिहा


१ असोज, काठमाडौँ । गहृमन्त्री रामबहादुर थापा (वादल)का भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् । सोमबारबाट जिल्ला अदालत काठमाडौँका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको हाे ।


काठमाडाैँमा २ वर्षअघि भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए । २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी थियो । समीरले फिरौती संकलनमा रहेको आरोपमा नरेश अनुसन्धानमा तानिएका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १९:२०