१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नसड्ने फोहोर हाल्नका लागि इटहरीका पोलहरुमा डोको (फोटोफिचर)


१ असोज, इटहरी । इटहरीका पोलहरुमा डोको राखिएको छ । संविधानदिवसका अवसरमा आयोजित सरसफाई कार्यक्रमका क्रममा विजुलीका पोलमा डोको राखिएको हो । नसडने फोहोर हाल्नका लागि डोको राखिएको हो । पर्यटकहरुको सहजताका लागि इटहरी चौक आसपास, खनार, पकलीका पोलमा डोको राखिएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प चौधरीले वताउनुभयो । उहाँका अनुसार तरहरमा पनि राखिने छ ।इटहरीमा संविधानदिवस ४ दिन सम्म भब्यताका साथ मनाउने कार्यक्रम अनुरुप आज पोलहरुमा डोको राखिएको हो ।

भोली विहान आठ वजे पाथीभरा फुटसल काब्यवाटिका इटहरीमा इटहरी उपमहानगर र पत्रकार,उद्योग वाणिज्य संघ र नागरिक समाज विच मैत्रीपूर्ण फुटसल हुने छ । यसैगरि भोली विहान ११ वजेदेखि जनसहयोग क्यामपस तरहरामा संविधान कार्यावन्यनमा युवाको भूमिका विषयक अन्तरक्यामपस वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । यसैगरि भोलीनै शारदा उच्च मावि खनारमा नेपालको संधिवान र अवसरहरु विषयक उच्च मावि स्तरीय निवन्ध प्रतियोगिता हुने छ ।

भोली अपरान्ह चार वजे पकली स्थित वृद्धाश्रमका जेष्ठ नागरिकलाई फलफूल वितरण,इटहरी २ स्थित मायाँघरका सुत्केरीलाई पोषणयुक्त खादयान्न र कपडा वितरण तथा निसहाय वाल आश्रममा खादयान्न वितरण कार्यक्रम गरिने छ । असोज ३ गते विहान रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरी उपमहानगर परिसरमा रक्तदान कार्यक्रममा सरिग हुन उपमहानगरले नगरवासीमा आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १२:५३