१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

छाडा पशुले बाटाे छेक्दा मन्त्री भट्टराई ढिला: प्रजिअ बर्दिया


२९ भदौ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको बुद्ध एयरकाे उडान ढिला भएकाे भनेर आलोचना भैरहेकाे समयमा बर्दियाका प्रमुख जिल्ला अधिकारीले ढिलाइकाे कारण बताएका छन ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फेसबुकमा टिप्पणी गर्दै भनेका छन `मन्त्री विमानस्थलमा ढिला पुग्नुमा सडकमा छाडा पशु चाैपायकाे अबराेध पनि हुन।´ कुरुम्बाङले भनेका छन `हुलाकी सडक छलेर बाइपासको बाटो जाँदा १० मिनेट र नेपालगन्जमा छाडा पशुले बाटो छेक्दा १० मिनेट ढिला भयाे।´

मन्त्रीलाई विमान उडाउन राेक्न लगाएकाे भन्दै राजवादी समूहकाे नाममा अराजक गतिविधि चलाउँदै आएका ज्ञानेन्द्र शाहीलाई मन्त्रीलाई हातपातको प्रयास गरेका थिए । मन्त्री भट्टराईले आफ्नाे कारणबाट परेकाे असुबिधामा यसअघि नै क्षमा मागेका छन ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सूर्य थापाले बुद्ध एयरको घटनाको बारेमा नबोल्नु ज्यादै दुःखद भएको बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका छन ।

दुखद !
मन्त्री कोही पनि फुर्सदिला हुँदैनन् । समय व्यवस्थित गर्न र सार्वजनिक रूपमा टिप्पणीको नकारात्मक पात्र नबन्न आफै सचेत हुने हो । हाम्रो पार्टीको नेता र मन्त्रीलाई एकजना ग्यान र विवेक केही नभएको भाडाको मान्छेले अपमान गरेको घटनाअसाध्यै लज्जास्पद छ । यसमा केही समय ढिलो भएकोमा स्वयम् मन्त्रीले नै क्षमायाचना गरिसकेको स्थितिले आफै भन्छ- गल्ती त भएको छ !! अरू कसैले घटनाको यथार्थ ढाकछोप गरेर भक्तिभाव प्रदर्शन गरिरहन जरूरी छैन ।

यसमा बुद्ध एयरको मौनता रहस्यमय छ । एकजना मन्त्रीलाई ५ मिनेट कुर्न नसकेर उडान गरी “एकजनाको लागि ६८ जनालाई असुविधा पु-याउन नसकेको” भनी २ पेज लामो वक्तव्य दिनसक्ने र भोलिपल्ट पनि टिकट नदिएर अलपत्र पारेको आफैले प्रत्यक्ष देखेको मैले सोध्न चाहन्छु- बुद्ध एयर किन तातो पिँडालु मुखमा राखेजस्तो मौन छ ?

नेकपाका नेता सूर्य थापा ।

सायद सिल्क एयरले हो कि हालै बढी रक्सी पिएर यात्रा गर्न खोज्दा २ जना यात्रुलाई सरी यात्रा गराउन असमर्थ छु भनी पाइलटले सिटबाट ओरालेर मात्र उडान गरेका थिए ! ती बुद्धिहीन ज्ञानेन्द्रले दुष्टताका साथ मन्त्रीको नाक नाकसम्म औला तेर्स्याएर दुर्व्यवहार गरिरहेको विमानभित्रको दृश्य अराजकताको पराकाष्ठा नै हो । के विमानका पाइलटले त्यो देखेनन् ? अझ ग्यानेन्द्रले सामाजिक संजालमा त्यसपछि लेखेको टिप्पणीबाट त खालि प्लेन ढिलो हुनपुगेको क्षणिक आक्रोस नभएर उनले योजनावद्द अपराध गरेको स्पष्ट हुन्छ ।

यो एक पाठ हो – मन्त्री स्वयंले आफ्नो कार्यशैली र अनुशासन तथा व्यवहारका कारण यसरी आलोचना र विरोध गर्ने अवसर दुष्ट र उल्लुहरूलाई किमार्थ दिनुहुँदैन । केवल १५ मिनेट मात्रै ढिलो गर्दा त्यसढंगले नियोजित र जथाभावी गर्ने मौका पिचासहरूले पाउँदैनथे । किनभने, बुद्ध एयर डट टाइममा त कहिल्यै र कहींबाट पनि उड्दैन !!! नागरिक उड्ययन मन्त्रीका विरूद्ध प्लेनभित्र प्रदर्शन गरिएको त्यसखाले अपराधिक मण्डले हर्कतलाई उहाँले कसरी कानूनी कारबाहीको दायरामा तानेर देखाउनु हुन्छ ? अब योचाहिँ हेर्न बाँकी छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १९:०५