१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रोजगारीका लागि मलेसियामा रहेका नुवाकोटका रामेश्वर सुनारको हत्या


२९ भदाै, काठमाडाैैँ । मलेसियामा एक नेपाली युवाको हत्या भएको छ । सामान्य विवादका क्रममा मलेसियनले उनको हत्या गरेको बुझिएको छ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ११ तिगाउँ स्थायी घर भएका रामेश्वर सुनारको शनिबार हत्या भएको हो ।

सुनारको बाल्यकालका सहपाठी ठाकुरजंग पाण्डेका अनुसार उनको परिवारले शनिबार अबेरमात्र हत्याको खबर पाएको जानकारी दिए । टिबी रोगबाट पीडित रामेश्वर सुरूमा काम गर्ने कम्पनी छाडेर अर्को कम्पनीमा काम गरी अस्पतालमा सम्पर्कमा रहेर अाैषधि सेवर गरिरहेका थिए । रामेश्वर केही वर्षअघिमात्र मलेसिया पुगेका थिए ।

रामेश्वर पछिल्लो समय मलेसियामा गैरकानुनी रूपमा बस्दै अाएकाले उनको शव नेपाल ल्याउनेबारे अन्योलता छाएको छ । परिवारमा गरिबी रहेको छ । उनको परिवारले मात्रै शब ल्याउन पनि सम्भव नभएको पाण्डेको भनाइ छ । रामेश्वरको चार छोरी, एक छोरा र श्रीमति रहेका छन ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १०:१०