२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

एमाले माओवादी एकताको घोषणा तयारी, शीर्ष नेताहरु बलुवाटारमा जम्मा हुँदै


७ फागुन, काठमाडौँ । अन्ततः नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने निश्चित भएको छ । दुबै पार्टीका अध्यक्षले पटकपटकको संवादबाट पार्टी एकताको सहमति गरेका हुन । दुई अध्यक्षको बीचमा भएको सहमतिलाई अनुमोदन गर्न पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । अहिले ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमै एकताको सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भैरहेको छ । एमालेका एक शीर्ष नेताका अनुसार सहमतिमा आजै हस्ताक्षर गर्ने तयारी भएको छ ।

दुई अध्यक्षबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ । सहमति अनुसार पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखिनेछ भने एकता महाधिवेशन नहुँदासम्म ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन । यसअघि नै दुई नेताले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरिसकेका छन । जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई भने बहसमा लैजाने गरी दुई अध्यक्षकोबीचमा सहमति जुटेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १८:१५