१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउँदा यसरी गरियाे भव्य स्वागत (फोटोफिचर)


२६ भदौ, काठमाडौँ । नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आउँदा भव्य स्वागत गरिएकाे छ ।

त्रिभुवन विमानस्थलमा बिहीबार अपरान्ह उत्रिएकी सन्नी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी भएकी झिन् । राती पौनै ९ बजे सन्नी कुमारी हल पुगेकी सन्नीलाई लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो ।

सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै पासवर्ड अहिलेसम्मकै बिग बजेटको फिल्म भएको आफूले ठानेको समेत बताइन् ।

चलचित्र ‘पासवर्ड’मा सन्नीले एक आइटम नृत्य गरेकी छन् । ‘पासवर्ड’मा सन्नीको आइटमसहित अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

अंंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिरालाल जोशी छन् । फिल्म शुक्रबारदेखि देशभर रिलिज हुँदैछ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार ००:००