१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मृतक पत्नीकाे नाममा युवककाे सुसाइड नाेट, ‘तिमी मभन्दा अगाडि गयौ, म तिम्रो पछि पछि आउँदैछु’


२४ भदौ, ओखलढुंगा । एक युवकले मृतक पत्नीका नाममा पत्र लेखेर आत्महत्या गरेका छन् । ओखलढुंगाकाे चिसंखुगढी-६, भदौरेका २१ वर्षीया नविन परियारले मृतक पत्नीका नाममा पत्र लेखेर आत्महत्या गरेका हुन् ।

परियारले भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी आफ्नी पत्नी गंगा परियारको नाममा पत्र लेखेर मृतक पत्नीकै सलले घर नजिकैकाे रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

एसईईको मौका परीक्षा दिन खोटाङको रावाबेसी गाउँपालिका-२ मा रहेकाे माइती गएको समयमा गंगाले झुण्डिएर आत्महत्या गरेपछि विक्षिप्त बनेका नविनले समेत आत्महत्या गरेपछि उनीहरुको परिवार शोकमा डुबेको छ । उनीहरुको ०७६ जेठमा विवाह भएको थियो ।

गंगाले आत्माहत्या गर्नुको कारण नखुले पनि नविनले भने पत्नी वियोगको पीडाले आत्माहत्या गरेको नविनले लेखेको पत्रबाट पुष्टि भएको प्रहरीले जनाएकाे छ । चिठ्ठीमा ‘प्यारी श्रीमती, तिमी मभन्दा अगाडि गयौ, म पनि तिम्रो पछि पछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन’ भनि लेखिएको अध्यक्ष मगरको भनाइ छ ।

पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १९:०३