१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

चीनले मुस्ताङमा अस्पताल बनाइदिने, आपतकालीन राहतका लागि ५ हजार टेन्ट पनि दिने


२३ भदाै, काठमाडाैँ । चीनले नेपालको हिमाली जिल्ला मुस्ताङमा अस्पताल बनाइदिने भएको छ । नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीविच भएको द्विपक्षीय वार्तापछि सो सहमतिमा हस्ताक्षर भएको छ ।

काठमाडौंको याक एण्ड यति होटलमा भएको उच्चस्तरीय वार्तापछि तीन वटा सहमतिमा हस्ताक्षर भएको छ । पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । ३५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पताल रहेको छ। अर्को सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ । दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा उपस्थितिमा अर्थ सचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङ आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी …लेटर अभ एक्सचेञ्ज’मा सोमबार हस्ताक्षर गर्दै । तस्वीरः नवीन पौडेल

त्यसैगरी गृह मन्त्रालयलाई आपत्तिकालिन सेवाका लागि ५ हजार टेन्ट उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ। सोको लागत एक करोड ७० लाख रुपैयाँ रहेको छ। चीनका स्टेट काउन्सिलर वाङ यीले बाढी पीडितका लागि १ करोड ६० लाख रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन्।

यी सहयोगहरु बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको क्रममा चीनले घोषणा गरेको १७ अर्ब रुपैयाको सहयोग अन्तर्गतका हुन्। दुवै देशका परराष्ट्रमन्त्रीबीच होटल याक एन्ड यतिमा द्वीपक्षीय वार्ता भएको हो। दुवै देशबीच स्वयंसेवी चिनियाँ भाषा शिक्षकहरुले नेपाली विद्यालयमा चिनियाँ भाषा अध्यापन गराउने विषयमा समेत छलफल भएको छ।

२०७१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच भाषा शिक्षकको विषयमा सहमति भएको थियो। जसलाई गत वर्ष दोस्रो पटक प्रधानमन्त्री भएपछि भएको चीन भ्रमणको क्रममा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार २०:१५