१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रफायल नाडालले चौथो पटक जिते यूएस ओपन टेनिसको उपाधि


२३ भदाै, काठमाडाैँ । रफायल नाडालले चौथो पटक यूएस ओपन टेनिसको उपाधि उचालेका छन । दुई वर्षपछि यूएस ओपन टेनिसको उपाधि जित्ने क्रममा नाडालले रसियन खेलाडी डेनिल मेदभेदेभलाई पाँच सेटमा हराए । मेदभेदेभ पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका थिए । उपाधि जित्ने क्रममा नाडालले मेदभेदेभलाई तीन दुईको सेटमा हराए ।

पाँचौ बरीयताका मेदभेदेभ विरुद्ध नाडालले निकै संघर्षपूर्ण रुपमा जित निकालेका हुन् । सुरुवाती दुई सेट जिते पनि त्यसपछि मेदभेदेभले अरु दुई सेट जित्दै नाडाललाई कडा चुनाैति दिएका थिए । अन्तिम सेटमा भने नाडालको अगाडी २३ वर्षे मेदभेदेभ खासै चल्न सकेनन् ।पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेका मेदभेदेभले नाडालसँगको फाइनल खेल रोमाञ्चक बनेको प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार ०९:०४