१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बहुविवाहको मुद्दामा कांग्रेस नेता एवं प्यूठानको गौमुखी गाउँपालिकाका अध्यक्ष गिरी प्रहरी हिरासतमा


२२ भदाै, प्यूठान । नेपाली कांग्रेसका युवा नेता एवं प्यूठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी प्रहरी हिरासतमा पुगेका छन ।उनलाई पत्नीको बहुविवाहको मुद्दाले प्रहरी हिरासत पुर्याएको हो । गिरीकी पत्नीले बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका थिएँ त्यही प्रहरीले नियन्त्रणमा लिएर अध्यक्ष गिरीलाई हिरासतमा राखेको छ ।

यसअघि गत भदौ १० गते गौमुखी गाउँपालिका ४ बस्ने पत्नी सीता केसीले गिरीविरुद्ध बहुबिबाहको मुद्दा दर्ता गरेकी थिइन । प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीका अनुसार अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको स्पष्टिकरण दिएका छन । गिरीले पत्नीसँग १० वर्षदेखि अलग बस्दै आएको बताएका छन ।

यसअघि सम्बन्ध विच्छेदको मुद्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तीको विषयमा मुद्दा चलिरहेको पनि बताएका छन् । पत्नी केसी दुई छोरीसँगै विजुवारमा कोठा भाडामा बस्दै आएकी छन्। उनको बहुविवाह प्रमाणित  भएदेखि १ वर्षदेखि ५ वर्षसम्म कैद र दश हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार २२:५१