१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कांग्रेस सभापति देउवा पनि एनसेलकै पक्षमा, कर तिर्न पर्छ भन्ने सांसद गाैतमको समिति सरूवा


२२ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि एनसेलकै पक्षमा देखिएका छन । कतिसम्म भने उनले एनसेलको बारेमा चर्को रूपमा संसदीय समिति विषयको उठान गर्ने सांसदको सरूवा गरेर उनको ठाउँमा आफैँ पुगेका छन । देउवाले प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समितिका सदस्य गौतमको अर्को समितिमा सरूवा गरेर आफू त्यो समितिको सदस्य बनेका हुन ।

सांसद सञ्जय गौतमले समितिको बैठकमा एनसेलको लाभकर सम्बन्धी सर्बोच्च अदालतको विवादित फैसला अध्ययन गर्न प्रस्ताव राखेका थिए । तर एनसेलको प्रभावमा परेका देउवाले गौतमलाइ कारबाहीको शैलीमा समिति नै सरूवा गराएका छन ।

समितिको अघिल्लो बैठकमा सांसद गौतमले सर्बोच्चको फैसला अध्ययन गर्नुपर्ने प्रस्ताव राखेका थिए र सोही प्रस्ताव अनुसारनै समितिले सर्बोच्चको भदौ ८ को फैसलाले राज्यलाई अर्बौ राजश्व घाटा भएको भन्दै विज्ञहरुसँगको राय लिएर फैसला अध्ययन गर्ने निर्णय गरेको थियो । तर अचानक आइतबार प्रतिनिधिसभा बैठकमा गौतमको सरूवा सुचना आएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार २२:१५