१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाल ओलम्पिक कमिटीको निर्वाचन गर्ने बाटो खुल्यो


२२ भदौ, काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुला भएको छ । निर्वाचन स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटमासर्वोच्च अदालतले आइतबार दुवै पक्षसँग छलफल गरी निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासको आदेशपछि निर्वाचनको बाटो खुलेको छ ।

यसअघि सर्वोच्चकै आदेशले भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको निर्वाचन स्थगित भएको थियो । आइतबार रिट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुवै पक्षको कुरा सुनेपछि सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो । सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको निर्वाचन अब नयाँ मिति तोकेर अघि बढाउन बाटो खुलेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार २०:१३