१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पोर्चुगलमा कवि नवराज पराजुली गुन्जिदै !


-भगवान गिरी
२२ भदौ, लिस्बन । चर्चित युवा कवि नवराज पराजुली पोर्चुगलमा अाज बिहान आईपुग्ने भएका छन् । मेला लिस्बोआको आयोजनामा यही ८ सेप्टेम्बरका दिन राजधानी लिस्बनको आन्जोस स्थित जिनासियो हलमा हुने कबिता कन्सर्टमा कवि पराजुली सहभागिता जनाउन का लागि लिज्बन आउन लागेका हुन ।

युरोप कविता कन्सर्टसंगै भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि युरोप यात्रामा रहेका पराजुली पोर्चुगलमा पनि अभियान संचालन गर्ने कार्यक्रम आयोजक हरि थापाले बताए । पाली भाषा, कला र साहित्यको संरक्षण, प्रबद्र्धन गर्ने तथा प्रवासमा रहेका युवा पुस्तालाई नेपाली भाषा र साहित्यका बिषयमा जानकारी दिने उद्धेश्यले कबिता कन्सर्ट आयोजना गरिएको थापाले थपे ।

चर्चाको शिखरमा रहेका कबि पराजुलीको कविता कन्सर्टमा बिशेष प्रस्तुती रहने बताईएको छ । उनका चर्चित कविता सगरमाथाको गहिराई, खोया, आमा, लगाएतका बहुचर्चित कविता बाचन हुने बताईएको छ । कन्सर्टमा पोर्तुगलमा रहेका नेपालीहरुको कविता पनि समावेश गरिने आयोजकले बताएका छन् ।माल्टाबाट शुरु भएको पराजुलीको युरोप कबिता कन्सर्ट यात्रा युरोपका बिभिन्न युरोपेली रास्ट्र हुने छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार १२:३९