१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टानमा नेकपा उम्मेदवारको लज्जास्पद हार, कांग्रेसका खुमबहादुर सुवेदीको टिम विजयी


२१ भदाै, काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा नेकपा उम्मेदवारलाई कांग्रेस उम्मेदवारले धुलो चटाएका छन । केहीबेर अघि सम्पन्न मतगणनामा अधिकांश पदमा कांग्रेस निकटका उम्मेदवार विजयी भएका छन । नेकपका नेताहरू घनश्याम भुषाल, मुकुन्द न्याैपाने र पर्यटनमन्त्री योगेश भट्टराइनै अाफूपक्षका उम्मेदवारका लागि भोट माग्न मैदानमा निस्किएका थिए तर पनि उनीहरूले नेकपा उम्मेदवारको हार टार्न सकेनन् ।

मतपरिणाम अनुसार अध्यक्षमा कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपाका अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् । सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमात्र प्राप्त गरेका छन । महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतको झिनो मतान्तरमा अर्का प्रत्यासी कांग्रेसका कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरू सबै कांग्रेस निकटका अर्थात सुवेदी समूहका उम्मेदवार हुन । सचिवमा एक जना थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् । दस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । टानमा १ हजार ३१९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार ०६:५५