१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

यूएईमा मनाइयो गौरा सांस्कृतिक कार्यक्रम


१५ भदाै, यूएई ।  ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिम वासीहरुलाइ एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा सहयोग गर्न तथा बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सुप बासी सहित नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने र सुप को बोली भाषा सस्कृति को जगेर्ना र संगरक्षण गर्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले सदा झै यस बर्ष पनि गौरा सांस्कृतिक कार्यक्रम २०७६ आयोजना गरि भब्यता साथ सम्पन्न गरेको छ !

सुदूरपश्चिम सेवा समाज युएईले बर दुबईको एभरेस्ट क्लबमा गौरा पर्व बिशेष कार्यक्रम गरेको हो । कार्यक्रममा गायक /मोडेल चक्र बम , गायीका रेखा जोशीको र स्थानिय कलाकार हरुको प्रस्तुती रहेको थियो। सुदूरपश्चिमम सेवा समाजकी अध्यक्ष सन्ध्या भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समन्वय समितिका बरिष्ठ उपाध्यक्ष सन एन्ड मुन का संचालक लोकेन्द्र बहादुर बम रहेका थिए।

सुदूरपश्चिमवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम समाजका महासचिव दान सिह महरा ( दिनेश) र सचिव मनोज भट्ट (सानुकाजी) ले संचालन गरेका थिय भने समाज को तर्फबाट उपस्थित पाहुना हरुलाई संस्था का सल्लाकार लछ्मन अधिकारि ज्युले स्वागत मन्तब्य राख्नु भयको थियो कार्यक्रमका प्रमुख अथित र अथितिहरुले पनि आ-आफ्नो बिचार राख्दै गौरा पर्वको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा बिभिन्न संग संस्था बाट पर्तिनिधि हरु को सहभागिता रहेको थियो। भने सोहि दिन कलाकार सुदुरपश्चिम सेवा समाज युएई का संस्किर्ति बिभाग प्रमुख गौरा कार्यक्रम संयोजक सुरज साह लाई बिदाई एवम सम्मान गरियो। यूएइमा रहेका सुदूरपश्चिमेलीले सो अवसरमा डेउड़ा खेल्दै एकआपसमा शुभकामना साटासाट गरेका थिए। गायक चक्र बम र गायिका रेखा जोशीकोे दमदार प्रस्तुतिमा सम्पूर्ण दर्शकहरु नाच्दै देउडा खेल्दै रमायका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार १३:१५