१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विज्ञापन विधेयकले भ्रष्टाचार रोक्ने र कर छलीसमेत नियन्त्रण गर्छः मन्त्री बास्कोटा


१३ भदाै, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विज्ञापन विधेयकले भ्रष्टाचार रोक्ने र कर छली नियन्त्रण गर्ने बताएका छन । बिहीबार संसदमा विज्ञापन विधेकको बारेमा उठेको जिज्ञासा सम्बाेधन गर्दै मन्त्री बास्कोटाले विधेयकले भ्रष्टाचार रोक्ने, कर छल्नेलाई नियन्त्रण गर्ने र कुन संस्थाले के कति मात्रामा विज्ञापनमा खर्च गर्छ भन्ने विषय पारदर्शी हुने बताए । उनले विज्ञापन विधेयक नेपालको हकमा नयाँ विषय समेटिएको कानून भएको बताए ।

मन्त्री बास्कोटाले सबैलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउने विश्वास व्यक्त गरे ।  उनले सरकारको समर्थनमा रहनेलाई मात्रै विज्ञापन उपलब्ध गराउने भन्ने प्रचारसमेत गलत भएको बताए । उनले भने “सरकारको भजन गाउनेलाई मात्र विज्ञापन दिने कुरा किमार्थ हुँदैन, त्यसलाई हामी व्यवहारमा नै देखाउछौँ”, उनले भने, “यसमा कुनै शङ्का गर्नुपर्ने आधार छैन ।

विज्ञापन प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषय नभएको भन्दै मन्त्री बास्कोटाले विधेयकले समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिडलाई समेत समेटेको बताए । कानूनअनुसार दर्ता भएका सञ्चारमाध्यमले राज्यका तर्फबाट ‘इन्सेन्टिभ’ दिने व्यवस्था गरेको उल्लेख गर्दैै मन्त्री बाँस्कोटाले राज्यप्रति समर्पित हुनेलाई मात्र विज्ञापन दिने हो की भन्ने आशङ्का नगर्न आग्रह समेत गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार ०९:३५