१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रहरीले प्रतिक्षालय भत्काएपछि विप्लव समुहद्वारा सोमबार चितवन बन्दकाे आह्वान (विज्ञप्तिसहित)


६ भदाै, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार चितवन बन्दकाे आह्वान गर्दै विज्ञप्ति जारी गरेकाे छ । विज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम रहेको उल्लेख छ । राप्ति ११ को आहोलेवाङ्गं भन्ने गाउमा नेपाल कम्युनिट पाटिले बनाएको प्रतिक्षालय प्रहरीले भत्काएको हाे ।

त्यसको विरोधमा नेकपाले चितवन वन्दको आवहान गरेको विज्ञप्तिमा जनाईएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ११ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । बिहीवार राती गराइएको आगजनीबाट वडा कार्यालय पुर्ण रूपमा नष्ट भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार २०:०८