१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्यो


६ भदाै, काठमाडाैँ । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा एक स्थान तल झरेर १६ औँ स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ बाट एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको छ । नेपालले ८ खेलबाट १९ अकं पाउँदै १६ औँ स्थानमा रहेको छ ।  एकदिवसीय वरीयतामा नेपालभन्दा तल यूएई र पपुवा न्यूगिनीमात्र रहेका छन् ।

पछिल्लो समय नेपालले एउटा पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । पछिल्लो पटक नेपालले ६ महिनाअघि यूएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । एकदिवसीय वरीयताको शीर्षस्थानमा विश्वकप विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १६:०२