१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल प्रहरीमा ३८३१ जनाका लागि रोजगारी, खेलाडीदेखि हजमसम्मले निवेदन दिन पाउने


६ भदाै, काठमाडाैँ । नेपाल प्रहरीमा ३८३१ जनाका लागि रोजगारी खुलेको छ । नेपाल प्रहरीको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखाले प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीका लागि विज्ञापन गरेको हो । शुक्रबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेर नेपाल प्रहरीले योग्यता पुगेका नेपाली नागरिकलाइ दरखास्तका लागि अनुरोध गरेको छ ।

विज्ञापन अनुसार सबैभन्दा बढी प्रहरी जवान जनपदमा ३५९६ जना मागिएको छ । त्यस्तै प्रहरी कार्यालय सहयोगी भान्छेका लागि १८० जना, हजाम १० जना, कुचिकार २० जना र खेलाडी २५ जना रहेका छन ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १३:०३