१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

जिया खानले पंखामा झुन्डिएर आत्महत्या गरेकाे रहस्य यसरी खुल्दै छ


६ भदाै, काठमाडाैँ । बलिउड अभिनेत्री जिया खानले झुन्डिएर आत्महत्या गरेकाे रहस्य बाहिर आउने भएकाे छ । खानले सन् २०१३ मा झुन्डिएर आत्महत्या गरेकी थिइन् । तर उनको मृत्युपछि हत्या र आत्महत्या के हो भन्ने रहस्य बाहिर आउन सकेकाे छैन ।

जिया खानकाे विवादास्पद मृत्युलाई लिएर फिल्म बन्ने भएकाे छ । अभिनेत्री खानको जिवनलाई आधार मानेर डकुमेन्ट्री बन्न लागेको छ। जिया खानको मृत्युसँग जोडिएका रहस्यहरुमा आधारित हुने उक्त डकुमेन्ट्री ब्रिटिस टेलिभिजन कम्पनीले निर्माण गर्न लागेको हो । जुन तीन भागमा निर्माण हुनेछ ।

खानले अमिताभ बच्चनसँग ‘निःशब्द’ बाट बलिउडमा पाइला टेकेकी थिइन् । फिल्म नचलेपनि उक्त फिल्मबाट जिया खानलाई धेरै दर्शकले मन पराए । त्यसपछि उनले अमिर खानको फिल्म ‘गजनी’ मा मुख्य भूमिकामा काम गरिन् । उक्त फिल्मबाट उनी निकै चर्चामा आइन । त्यसपछि उनले ‘हाउसफुल’ फिल्म खेलिन् । फिल्म चलेपनि उनको करियर अगाडि बढ्न सकेन ।

यसैबीच उनको भेट सुरज पञ्चोलीसँग भयो । र सम्बन्ध पनि अगाडि बढ्यो । सन् २०१३ मा उनीहरु एकैसाथ एयरपोर्टमा भेटिए त्यसपछि उनीहरु इन्गेजमेन्ट गर्न चाहान्थे तर एकैपटक ब्रेकअपको खबर बाहिरियो । त्यसपछि उनको आत्महत्याको गरिन् ।

उनले पहिले पनि दुई पटक आत्महत्याको प्रयास गरेकी थिइन् । उनले एक पटक घाँटी काट्ने प्रयास गरेकी थिइन् भने एकपटक झुन्डिने प्रयास गरेकी थिइन् । उनी १४ वर्षमा उनीभन्दा धेरै वर्ष जेठो व्यक्तिबाट बलात्कृत भएकी थिइन् । यतिमात्र होइन उनको पूर्वप्रेमीले उनलाई शारीरिक र मानसिक यातना दिएका थिए ।

 जियाकाे सुसाइड नोटमा सुरजको नाम लेखिएको र त्यसमा ‘तिमीसँग माया गरे बदलामा तिमीले गाली दियौँ । र मसँग हिंस्रक भयौँ । मैले सबैकुरा सहिरहँ र तिमीलाई माया गरिरहेँ । म गर्भवती छु । तिमी केटी र पार्टीमा मस्त छौँ । तिमीले मलाई धोका दियौँ । तिमीले जब यो पत्र पढ्दै हुनेछौ म धेरै टाढा गइसकेकी हुनेछु लगाएतका कुरा लृखिएकाे थियाे ।’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार ११:२१