१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुला, ग्राहकलाई मन नपरे १२० प्रतिशत बुकिङ रिफन्ड हुने


६ भदाै, काठमाडाैँ । टाटा मोटर्सको एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ खुला भएको छ । नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० देखि १५ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औँ संस्करणको नाडा अटो सो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ ।

टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने सिप्रदीले जनाएको छ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने एक सय २० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट-स्टप, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टी-फङ्गसन स्टरिङ, हाइट-अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्। टाटा एच फाइभ ल्यान्डरोवरकोओमेगा डी एट प्लेटफर्ममा निर्माण गरिएको गाडी रहेको सिप्रदीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार ०८:३४