१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गोंगबुको होटलमा एक जोडी मृत अवस्थामा फेला


४ भदाै, काठमाडाैँ । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाइ मङ्गलबार राति सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिनुभयो । दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १९:४७