१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्न कांग्रेस र नेकपा एकमत(विज्ञप्तिसहित)


१ भदौ, चितवन । रवि लामिछाने रिहा प्रदर्शन गर्न नदिन कांग्रेस र नेकपाकाे एकमत भएर विज्ञप्ति निकालेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने र पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत चितवनका प्रमुख राजनीतिक दलले निर्णय गरेका हुन् ।

रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आइतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहीँकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपील गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार २०:५०