१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौँ प्रहरी प्रमुखलाई गाली गर्ने रिदम विसी पक्राउ


१ भदौ, काठमाडौँ । पत्रकार रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गर्ने रिदम विसी भनिने शंकर विकलाई प्रहरीले पक्राउ गरेकाे । विकलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौंँ ल्याइएको काठमाडौँ प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आफूलाई गायक भएको परिचय दिएका विसीले ‘रवी लामिछाने दाइलाई फसाउने यो नै हो भ्रस्टचारी घुसखोरी दलाल चोर साले #Rip’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।

३० साउनमा पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा काठमाडौँ प्रहरी परिसर, टेकु र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले  लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १७:२१