१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

युवतीसँग ‘लिभिङ टुगेदर’ मा रहेका प्रहरी जवान काेठामा झुण्डिएकाे अवस्थामा भेटिए


१ भदाै, काठमाडौं । युवतीसँग ‘लिभिङ टुगेदर’ मा रहेका महानगरीय प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना काेठामा झुण्डिएकाे अवस्थामा भेटिएका छन् ।  दार्चुला घर भएका प्रहरी जवान ठगुन्नाले नागाजुर्नन नगरपालिका–३ स्वयम्भूस्थित ठूलोभ¥याङ नजिकै प्रेमिकाको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

विवाहित प्रहरी जवान ठसुन्नाले सलको पासो लगाएर झ्यालको रडमा झुण्डिएर आत्महत्या गरेको स्वयम्भू वृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।  घटनाबारे घरपरिवार र गाउँमै बस्दै आएकी श्रीमतीलाइ समेत खबर गरिसकेको डीएसपी सुवेदीले बताए ।

शनिबार साँझ १० बजेतिर रक्सीले मातेर शंकर प्रेमिकाको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । झुण्डिएको अवस्थामा फेला परेको शंकरको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार ११:४४