१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पत्रकार पुडासैनीले आत्महत्या अघिकाे भिडियाेमा नाम लिएका अस्मिता कार्की पक्राउ


३० साउन, नुवाकाेट ।   नुवाकोट बेल्काेटडढी घर भएका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि बाेलेकाे भिडियाेमा तिन जनाकाे नाम लिगेकामा  प्रहरीले ओखलढुंगाकी युवती नर्ससमेत रहेकी रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्।

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए। पत्रकार पुडासैनीको शव भरतपुरस्थित कंगारू होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको छ । प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो। पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन्।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ। पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्। उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार १६:३९