१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पत्रकार सालिकरामकाे आत्महत्या प्रकरणमा रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गर्ने


२९ साउन, काठमाडौँ । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् ।

 

उनीहरुकै कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ । नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले २१ साउनमा चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए । न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्दै आएका पुडासैनीले एक महिनाअघि माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।

पत्रकार पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको बताए ।‘हामीले भिडियोबारे घटना भएदेखि नै अनुसन्धान गरिरहेका छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ,’ मल्लले भने । यो भिडियोसँगै अब न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।

याे पनि पढ्नुहाेस्ः

-‘रवि दाई दुनियाँले तपाईंको असली रूप देख्नेछ’, हेर्नुहाेस् सालिकरामकाे आत्महत्या अघिकाे भिडियाे

 

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १९:०३